८ बैशाख २०८१, शनिबार | April 20, 2024

पर्यटन व्यवसायी भन्छन्, – कोभिड रोकथामको सन्देश फैलाउँ, पर्यटकको ओइरो लाग्छ



काठमाडौं । होटल व्यवसायीहरुले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनुपर्ने बताएका छन् ।

सरकारले नेपालका कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम गरेको सन्देश दिनसके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने शाहले बताए । त्यसका लागि पर्यटकको पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने शाहको धारणा छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पीसीआर परीक्षण गर्ने केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने र पर्यटकहरु आउन सक्ने उनले विश्वास व्यक्त गरे ।

पर्यटन क्षेत्र, होटल व्यवासय सञ्चालनका लागि मौद्रिक नीतिमार्फत ५ प्रतिशत ब्याजदरमा वर्किङ क्यापिटल दिने कुरा आउनु सकारात्मक भएको शाहले बताए ।

तर उनले सरकारले ५० अर्बको पुनरउत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह समेत गरे ।

नीति नियममा आएको कुरालाई कार्यान्वयनमा लैजाने कुरामा सरकार प्रस्टरुपमा नआउँदा व्यवसायीहरुमा अन्योलता बढेको उनको भनाइ थियो ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले ट्रेकिङ, हाइकिङ, क्याम्पिङ ट्रेक गर्ने पर्यटकहरुलाई फोकस गरेर काम गरिने बताए ।

कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिएर समूहमा आउने पर्यटक भन्दा पनि व्यक्ति र पारिवारिक पर्यटकलाई फोकस गरेर प्रवद्र्धन गरिएको नेपालले जनाए ।

यो समयमा धेरै मूलुक संक्रमणको जोखिममा रहेकाले नेपाललाई खुल्ला गर्दा पर्यटकहरु आउनसक्ने सम्भावना बढी रहेको पनि उनको अनुमान छ । खासगरी चिनियाँ पर्यटकहरु नेपाल आउन सक्ने नेपालले विश्वास जनाए ।

व्यवसायीहरुले नेपालमा आउने पर्यटकका लागि सरकारले लिने शुल्कमा छुट दिनुपर्ने समेत बताएका छन् । नेपालमा आउने पर्यटकलाई कसरी कोभिडको संक्रमणबाट बचाउने भन्ने विषय महत्वपूर्ण हुने व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : २१ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा