१४ भदौ २०८३, आइतबार | August 30, 2026

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए



काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकामा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।

यस्तै, छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : ३९ बजे

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा