२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

नेकपा स्थायी कमिटीको बैठक आज पनि स्थगित, अर्को बैठकको मिति अनिश्चित



काठमाडौं । पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले सुचना टांस गरि आजको बैठक स्थगित भएको जनाएका छन् । सुचनामा सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम दुई अध्यक्षले प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आज ११ः०० बजे हुने भनिएको पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको उल्लेख छ ।

स्थायी कमिटीको बैठक सचिवालय बैठकको निर्देशन बमोजिम अध्यक्षद्वयका बीचमा परामर्श एवम् गृहकार्य हुन बाँकी रहेको हुनाले स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आफ्नो फेसबुक वाल मार्फत जानकारी दिएका छन् । थापाको वालमा अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात बैठकको सूचना गरिने जनाईएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ११ : ०१ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको