२१ माघ २०८२, बुधबार | February 4, 2026

फेसबुकलाई पछि पार्दै चिनियाँ वीच्याट बन्यो विश्वकै मूल्यवान समाजिक सञ्जाल कम्पनी



चिनियाँ सामाजिक सञ्जाल संचालक कम्पनी टेन्सेन्ट विश्वकै मूल्यवान सामाजिक सञ्जाल कम्पनी बन्न सफल भएकोछ ।

टेन्सेन्टले अमेरिकी सामाजिक सञ्जाल फेसबुकको व्यापारलाई पछाडि पारेको छ । मंगलबार कारोबार समय खुलेसँगै बजार मूल्य ६७० बिलियम अमेरिकी डलर पुगेसँगै टेन्सेन्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

टेन्सेन्ट लोकप्रिय चिनिया सामाजिक सञ्जाल वी च्याट र अनलाइन गेमको संचालक कम्पनी हो । फेसबुकको मंगलबारको बजारमूल्य ६५७.८३ विलियन अमेरिकी डलर (५ दशमलव २ ट्रिलियन हङ्कङ डलर) रहेको छ । यदि यो कम्पनीको प्रतिसेयर मूल्य बजार बन्द हुने बेलासम्म ५३३ हङकङ रह्यो भने टेन्सेन्ट विश्वकै सातौं ठूलो कम्पनी बन्नेछ ।

दुई हप्ता अघि मात्र, चिनियाँ इकमर्स कम्पनी अलिवावाले फेसबुमाथि हावी हुँदै ६७३ विलियम अमेरिकी डलरको छैठौं ठूलो कम्पनी बन्न सफल भएको थियो । हङकङ स्टक एक्स्चेन्जमासेयर मूल्य १० प्रतिशतले बढेसँगै अलिबाबाले फेसबुकलाई पछाडि पारेको थियो ।

विश्वभरी अमेरिकी प्रविधि र इन्टरनेट कम्पनीहरुकै अहिलेसम्म बोलवाला रहेको थियो । तर, पछिल्लो दिनमा चिनियाँ प्राविधिक कम्पनीहरुको विकास तिब्र गतिमा हुँदै आएको छ । अमेरिकाले चीनको प्रौद्योगिक विकास रोक्नका लागि व्यापार युद्धदेखि विश्वव्यापी प्रतिबन्धका अनेकौं खेल खेले पनि सफल हुन सकेको छैन ।

फाइभ जी मा चीनको नेतृत्वदायी भूमिकाकै कारण अमेरिका प्रविधिको क्षेत्रमा पछि पर्दै जान थालेको छ । चिनियाँ इकमर्स कम्पनीहरुको विस्तार दिनप्रतिदिन बढ्दै गएको छ ।

‘चीनको बढ्दो जीडीपीका कारण चिनियाँ कम्पनीहरु उत्कृष्ठ १० या उत्कृष्ट १०० भित्र पर्दै गएका छन्’, एभरब्राइट सन हङकाईका व्यवस्थापन रणनीतिकार केनी वेन भन्छन्, ‘यो प्रवृति भविष्यमा पनि देखिनसक्छ । तर अमेरिका र चीनबीचको सम्बन्ध एवं कोरोना महामारीका कारण अवस्था केही जटिल बन्नसक्छ ।

टेन्सेन्टको इकोसिस्टममा खेल, सोसल नेटवर्किङ, मोवाइल भुक्तानी, संगीत र भिडियो साथमा क्लाउड जोडिएका छन् । वी च्याट सामाजिक सञ्जाल म्यासेज, मोवाइल भुक्तानीको प्रयोग विश्वका १ अर्ब भन्दा बढी मानिसहरुले गर्दै आएका छन् । टेन्सेन्ट विश्वव्यापी मोवाइल गेमको पावर हाउस बनेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : २९ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको