४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९८ हजार २ सय पुग्यो



काठमाडौं । नेपालसहित विश्वबजारमा निरन्तर बढीरहेको सुनचाँदीको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा ७ सय बढेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० र चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

कोरोना महामारीले आर्थव्यवस्था चलायमान हुन नसकेको समयमा विश्वमा नै सुनचाँदीको मूल्य आकासिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको