१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

विमानस्थलले अधिकरण गरेको जग्गाको मुआब्जामा सहजीकरण गरिदिने भन्दै ४ लाख घुस खाँदै गरेका २ जना अख्तियारको फन्दामा



बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले दुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु अख्तियारको नियन्त्रणमा परेका हुन् ।

विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव लोध र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर ५ स्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।

भुसालका अनुसार सेवाग्राहीबाट ४ लाख घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको हो।

सेवाग्राहीसँग घुस लेनदेन गर्न कार्यालय सहयोगी र उनका सहयोगी यादवद्वय सेन्चुरी बैंक पुगेका थिए । लगत्तै कारोबार हुनलाग्दा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

निर्माण भइरहेको विमानस्थलमा अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ बढी मुआब्जा वितरण भइसकेको छ । विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ।

विमानस्थलमा कार्यरत कर्मचारीले मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै चलखेल गरिरहेको गुनासो पटक–पटक आउने गरेको थियो। पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले जनाए।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : १८ बजे

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ