२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

पश्चिमाञ्चल यातायात समितिमार्फत कर्मचारीको परिवारलाई दुर्घटना बीमाको १० लाख प्रदान



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना कर्मचारीको परिवारलाई दुर्घटना बीमाको १० लाख रुपैया प्रदान गरेको छ ।

समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको गत वर्ष अफिसको कामको दौरानमा मोटर साईकल दूर्घटनामा परि मृत्यु भएको थियो ।

अधिकारीको गत वर्षको असोज १७ गते बुटवल १२ ढवाहामा मोटर साइकल दुर्घटनामा परि ज्यान गएको थियो । दुर्घटना बीमा वाफत नेको ईन्सोरेनसमा गरिएको बीमा रकम आएसंगै अधिकारीको श्रीमती विवु अधिकारीलाई मंगलवार एक समारोहका बीच बीमा रकम समितिले प्रदान गरेको हो ।

४३ वर्षिय अधिकारी समितिको चौकी ईन्चार्जका रुपमा कार्यरत रहनु भएको र उहाँको एक छोरा एक छोरी रहेका छन ।

समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्ली नारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारी लगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा बिमा रकम प्रदान गरिएको हो ।

यस अघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमावाट पनि १ लाख रुपैया अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ५१ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात