१३ असार २०८३, शनिबार | June 28, 2026

बामदेव भेटन प्रधानमन्त्री पुगे भैंसेपाटी, बामदेवलाई आफ्नो कित्तामा तान्ने ओलीको प्रयास



काठमाडौं । वामदेव गौतमले पार्टी एकताको सुत्र भन्दै ६ बुँदे प्रस्ताव सार्वजानिक गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष गौतमलाई भेट्न गौतम निवास पुगेका छन् ।

गौतमलाई भेटन पार्टी महासचिवलाई समेत सँगै लिएर ओली मंगलबार साँझ भैँसेपाटीस्थित गौतमको निवासमा पुगेका हुन् ।

नेकपा भित्रको विवाद मिलाउने सुत्र भन्दै गौतमले आजै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । गौतमको मध्यमार्गी प्रस्तावलाई गौतम प्रधानमन्त्री ओलीको क्याम्पमा पुगेको आंकलन गरिएको छ।

पार्टी फुटबाट जोगाउन भन्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई सम्बोधन गर्दै गौतमले अघि सारेको प्रस्तावमा प्रधानमन्त्री ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनान्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्तावमा उल्लेख छ ।

गौतमको प्रस्तावमा तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत लेखेका छन् ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको ६ बुँदामा उल्लेख छ ।

उनले पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने प्रस्तावमा समावेश गरेका छन् ।

गौतमको प्रयाससँगै उनलाई आफ्नो निकट ल्याउन सक्ने सम्भावनालाई आँकलन गर्दै ओली गौतम भेट्न पुगेको बताईएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार गौतमलाई विश्वासमा ल्याउन सके सचिवालयमा अनुकलता हुने ओली समूहको ठहर छ ।

आजै बोलाइएको स्थायी समिति बैठक ओलीले स्थगित गरेका थिए भने त्यसलाई अस्वीकार गर्दै प्रचण्ड समूहले बैठकलाई निरन्तरता दिएको थियो । गौतम प्रचण्डको अध्यक्षतामा बसेको बहुमत

स्थायी कमिटीको बैठकमा भने उपीस्थत थिए । सो बैठकमा पनि गौतमले अध्यक्षद्वयको पदको लडाइँमा पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताएका थिए ।

ओली विनाको स्थायी समिति बैठकले भने उनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : ०४ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट