४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : अधिकांश क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा, सुदूरपश्चिम र पूर्वी तराईमा बाढी पहिरोको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भैरहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

आज विहान ६ बजेको रेकर्ड अनुसार दैलेख, सुर्खेत र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी बर्षा भएको छ ।

लोहोरे खोला तल्लोढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा जलसतहले सतर्कता तह नाघेको र बढ्दो अवस्थामा रहेको छ ।

तसर्थ सुर्खेत, दैलेख र आसपास भई बहने साना नदीमा आकस्मिक बाढीको संभावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन विभागले चेतावनी जारी गरेको छ ।

यसअघि आज विहान ५ बजेको रेकर्ड अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम देखि भारी बर्षा भएको छ भने अन्य भुू–भागका केहि स्थानहरुमा हल्का देखी मध्यम वर्षा भएको विभागले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको