२० माघ २०८२, मंगलबार | February 3, 2026

बाँके प्रहरी प्रमुख राना ह्वील लक बोकेर सडकमा, सवारी चालकको भागाभाग



नेपालगन्ज । नेपालको पुरानो शहर भएर पनि अस्तब्यस्त सवारी पार्किङका कारण कुरुप बनेको नेपालगन्जमा प्रहरीले कारवाहि प्रक्रिया अगाडी बढाएको छ । ट्राफिक प्रहरीबाट मात्र बजारको कुरुपता नियन्त्रणमा नआएपछि अब्यवस्थित पार्किङ हटाउन बाँके प्रहरी प्रमुख आफै ह्वील लक बोकेर सडमा निस्केका छन् ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले आफैले ह्वील लक बोकेर सडकमा निस्केपछि एकै दिनमा दर्जनौं सडक अवरोध हुने गरि पार्किङ गरिएका सवारी साधनको ह्वील लक गरिएको छ ।

प्रहरी प्रमुख रानाले ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम र नेपाल प्रहरीको एउटा टोली नै लिएर सडमा निस्केपछि सडकमा हरेक दिन पार्किङ गर्ने बानी परेका सवारी चालकहरुको भागाभाग भएको थियो । प्रहरीको टोलिले नेपालगन्जको बिपि चोक देखि धम्बोझी चोकसम्म अव्यवस्थित रुपमा पार्किङ गरीएका सवारी साधनलाई कारवाही स्वरुप ह्वील लक गरिएको थियो ।

सडकमा अव्यवस्थित र जथाभावी पार्किङ गर्दा सवारी दुर्घटना निम्तिने मात्र नभई सहरको सौन्दर्यीकरण पनि कुरुप देखिएकाले कारावाही गर्न सुरु गरिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक रानाले बताए ।

प्रहरीले नेपालगन्जमा ह्वील लक गरेर सवारी नियन्त्रणको कारवाही थालेको यो नै पहिलो पटक हो । प्रहरी निश्क्रियताका कारण नेपालगन्जमा अब्यवस्थित पार्किङ हुँदै आएको थियो ।

त्यसो त उपमहानगरले नेपालगन्जका बिभिन्न स्थानहरुमा पार्किङ स्थल भने निर्धारण पनि गरेको छ । तर पार्किङ लेखिएका बोर्डहरु समेत ती स्थानहरुबाट गायव भईसकेका छन् । ट्राफिक प्रहरी पार्र्किङ स्थलको सुरक्षा समेत गर्न असफल देखिएको छ । जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमले नगरका विभिन्न स्थानमा उपमहानगरसँग मिलेर दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङ स्थल तोकिए पनि सवारी चालकले जथाभावी पार्किङ गरिदिंदा समस्या आएको बताए ।

ह्वील लक गरिएका सवारी साधनलाई कारवाही स्वरुप ट्राफिक नियम अनुसार ५ सय देखि १५ सय रुपैयाँ सम्म जरीवाना गरीने प्रहरी निरीक्षक बमले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ५८ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली