४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुनको पोका फालेर भागेको गाडी काण्डको अनुसन्धान गर्न प्रहरीले बनायो छानविन समिति



काठमाडौं । काठमाडौंको कमलादीमा सुन सहितको झोला फ्याँकेर भाग्ने गाडी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको छ ।

खुल्ला सडकमा झोला फ्याँकेर भाग्दा समेत गाडी र गाडीमा सवार ब्यक्ति पक्राउ गर्न नसक्ने प्रहरी अधिकारी र प्रहरीका बिषयमा छानविन गर्न प्रहरीले समिति गठन गरेको हो । आधा केजी सुन र चाँदी १४ किलोको झोला फलेर भाग्ने गाडी समात्न नसक्ने प्रहरी अधिकारी र प्रहरी कर्मचारी उपर छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको प्रहरीले जनाएको छ ।

समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी संलग्न छन् । सडकमा प्रहरीले चेकजाँच गरेको देखे लगत्तै कृष्ण पाउरोटीबाट कमलादी तर्फ जाँदै गरेको स्कार्पियो गाडी नरोकिइ कपडाको झोला फ्याकेर भागेको थियो ।

फ्याँकिएको झोलाबाट साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद भएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गर्दै फरार गाडी र भेटिएको सुन र चाँदीका बिषयमा जानकारी दिएका थिए ।

राजधानी जस्तो संवेदनशील क्षेत्रबाट गाडी उम्किन सफल हुनुमा सुरक्षा अधिकृतहरुको कमजोरी रहेको सुरक्षाका जानकारहरुले टिप्पणी गरेपछि प्रहरीले छानवीन समिति गठन गरेको हो । तत्काल घटनास्थलमा खटिएका प्रहरी अधिकारीले प्रयासका बाबजुद गाडीलाई नियन्त्रणमा लिन नसकिएको बताएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको