७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेसमा महाधिवेशनको रौनक सुरु, पार्टीका पदहरु सभापतिको दाईजो नभएको केन्द्रीय सदस्य चन्द्र भण्डारीको टिप्पणी



काठमाडौं । कांग्रेस महाधिवेशनमा सभापतिका दाबेदार शशांक कोईरालाले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन । .

पार्टीका महामन्त्री समेत रहेका कोइरालाले महाधिवेशनको मिति ताकेर आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरित भएको समेत बताएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा भेला भएका रामचन्द्र पौडेल समूहका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले आगामी महाधिवेशनमा आफु सभापतिको दावेदार भएको बताए । उनले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाए ।

महाधिवेशन भएको ४ वर्षम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न गरेका थिए ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि विधान विपरित अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको टिप्पणी गरे । कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको भण्डारीको भनाई छ ।

पार्टीको महाधिवेशन कार्यतालिका तय भइसकेको अवस्थामा विभाग गठन लगायतका काम निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ३५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११