१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

दुई सय वर्षदेखिका जात्रा कोरोनाले रोकिए



तानसेन । कोरोना महामारी नभएको भए यो समय पाल्पाको तानसेन जात्रामय हुन्थ्यो ।

तानसेनभित्र रहेका विभिन्न मन्दिर जात्रामय हुन्थे । पुजारीहरू पूजा व्यवस्थित गराउनेतर्फ लागेका हुन्थे । मन्दिर व्यवस्थापन समितिहरू भव्य रूपमा रथयात्राको तयारीमा जुटेका देखिन्थे । कुमालेहरू रथ बोक्ने तयारीमा जुटेका हुन्थे । कोरोनाले दुई सय वर्षदेखि निरन्तर चलिरहेको संस्कृतिमा धक्का दिएको छ ।

अहिले तानसेन बजार सुनसान छ । मन्दिरहरू सुनसान छन् । मन्दिरहरूमा भक्तजनसमेत भगवान्को दर्शन गर्न गएका छैनन् । मन्दिरमा पुजारीले गर्ने नित्य पूजाबाहेक केही हुन सकेको छैन । मन्दिरमा भक्तजनको आवतजावत नभएकाल वरिपरिको सरफाइमा कमी आएको छ ।

मन्दिर वरिपरि लेउ लागेको छ । कुनै गाह्रोसारो पर्‍यो भने भगवान्का मन्दिर पुग्ने मानिसको प्रवृत्ति फेरिएको छ । सबै कुराको दुःख बेसाउने थलो आस्थाको केन्द्रका रूपमा रहेका मन्दिरमा समेत भक्तजन जान डराइरहेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण तानसेनको दुई सय ५० वर्षको इतिहास रोकिएको छ । तानसेनमा सञ्चालन हुने एकमहिने जात्रा दुई सय वर्षको इतिहासमा पहिलो पटक रोकिएको छ । नेवारी समुदायमा प्रचलित गठेमंगल यसपालि तानसेनमा सञ्चालन भएन । सांस्कृतिक सहरका रूपमा परिचित तानसेनमा यसपटक श्रीनगर गणेश जात्रा, टक्सार गणेश जात्रा, श्री ७ भीमसेन जात्रा, नारायण जात्रा,श्रीकृष्ण जात्रा, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा, लक्ष्मीनारायण जात्रा, रिडीको हृषिकेशव जात्रा नहुने भएको छ ।

तानसेनमा सञ्चालन हुँदै आएका विभिन्न जात्राले दुई सय वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी जात्रा महोत्सव गरिसकेका छन् । तानसेनको भगवती जात्रा, टक्सार गणेश जात्रा र भीमसेन जात्रा, नारायण जात्राले दुई सय वर्षको महोत्सव मनाइसकेका छन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ७ : २२ बजे

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी