४ पुस २०८२, शुक्रबार | December 20, 2025

संघीय निजामती सेवा ऐन सच्चाउन माग गर्दै ज्ञापनपत्र



बुटवल । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्चाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज मेघदेव पन्थलाई ऐनमा त्रुटि सच्चाउन माग गर्दै आन्दोलनबाट अन्तिम रुप दिइएको ८४ बुुँदे ज्ञापनपत्र बुुझाएको हो । ज्ञापनपत्र बुुझदै पन्तले ऐनको मस्यौदाका त्रुुटि सच्चाउन आफूहरुले सक्दो प्रयास गर्ने बताए । पन्तले विधयेकले निजामती कर्मचारीका पाउँदै आएका सेवा सुविधा खोसेकोले ऐन नसच्चाउदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

संघीय निजामती सेवा ऐन विधयेकको सम्बन्धमा आम कर्मचारीहरुको वृद्धि विकास, सेवा सर्त, सुविधा टे«ड युुनियन अधिकारी कटौती गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुुशासन समितिले गएको असार १५ गते पारित गरेको छ ।

उक्त विधयेक पारित भएपछि निजामती कर्मचारी चरणपबद्ध आन्दोलनमा छन । कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्य समिति, रुपन्देहीका अध्यक्ष रामप्रसाद पन्थीले सबैको भावना समावेश गरेर ८४ बुुँदे ज्ञापनपत्र तयार गरी केन्द्रीय समितिलाई बुझाइएको बताए । कर्मचारी नैं अधिकारको लागि राज्यसँग आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद रहेको बताए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य, नारायण भण्डारीले ऐनका अलोकतान्त्रिक र पश्चगामी प्रवधानहरु सच्चाउनुुपर्ने बताए । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य काशीराम आचार्यले कर्मचारी अधिकारका लागि आफूूहरु एकताबद्ध भएर लाग्ने बताए ।
नेपाल निजामती कर्मचारी युुनियन संघका केन्द्रीय सचिव गणेश भण्डारीले कर्मचारीका अधिकारका लागि सुनिश्चिता गर्नका लागि संघ सधै तयार रहेको बताए ।

कार्यक्रमको सञ्चालन निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्य समिति रुपन्देहीका सहसचिव शिव कुमार पंगेनीले गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको