१९ आश्विन २०८३, सोमबार | October 5, 2026

साग स्वर्ण विजेता खेलाडीलाई काँग्रेसको सम्मान



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहदुर देउवाले स्वर्ण पदक विजेताहरुलाई प्रतिखेलाडी १० हजारका दरले सम्मान गरेको हो ।

एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप ५ हजार दिइएको छ । जसअनुसार सागमा ४ वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् ।

यस्तै २ वटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरेको छ ।

नेपालले सागमा स्वर्ण रजत र कास्य गरी २ सय ६ पदक प्राप्त गरेपनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो ।

यद्यपी रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित कुद पदक २०६ जितेको थियो ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा गठन भएको पार्टीको खेलकुद विभागले सक्रियता देखाउन थालेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ३० बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा