२० आश्विन २०८३, मंगलबार | October 6, 2026

वीरगन्जका मेयरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि



वीरगन्ज । कोरोना संक्रमित भएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको परिवारका २ जना सदस्यमा पनि कोरोना पुष्टि भएको छ ।

सरावगीको कन्ट्याक्ट ट्रेसिङका आधारमा लिईएको पहिलो चरणको नमुना परीक्षणमा परिवारका २ जना सदस्यमा कोरोना पुष्टि भएको हो ।

उनका परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पर्सामा मात्र पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका अनुसार संक्रमितमध्ये अधिकांश समुदायमा गरिएको परीक्षणका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र शुल्क तिरेर पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाबाट आएको रिपोर्टका अनुसार ४३ जना वीरगन्जका छन् भने सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : १२ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११