३ पुस २०८२, बिहिबार | December 19, 2025

ई–लर्निङबारे प्याब्सनले निराधार आक्षेप लगाएको भन्दै नेपाल टेलिकमको आपत्ति



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनद्वारा नेपाल टेलिकमलाई दोषारोपण गर्ने गरी ई–लर्निङबारे परिपत्र गरेको भन्दै टेलिकमले आपत्ति जनाएको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आइतबार विज्ञप्ति जारी गर्दै प्याब्सनले टेलिकमलाई बद्नाम गर्नेगरी ‘ई–लर्निङको प्याकेज सुविधा सम्बन्धमा’  जारी गरेको पत्र साउन १५ गते वेवसाईटमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

ई–लर्निङबारे प्याब्सनसँग सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाउँदै टेलिकमले आक्षेपयुक्त शब्दावलीप्रति असहमति जनाएको छ ।

प्रवक्ता जोशीले विज्ञप्तिमा भनेका छन्, ‘आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमति व्यक्त गर्दछ ।’

प्याब्सनसँग कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेजबारे विभिन्न चरणमा छलफल भएको टेलिकमले जनाएको छ । ई–शिक्षा प्याकेजसम्बन्धी विवरण प्याब्सनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको र अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको पनि टेलिकमले जनाएको छ ।

तर, छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको अवस्थामा प्याब्सनले दोषारोपणसहितको परिपत्र जारी गरेको भन्दै टेलिकमले असहमति जनाएको हो ।

ग्राहकवर्ग अनलाइन अध्ययनका लागि पहल गरी प्रतिबद्ध रहेका शैक्षिक संस्था तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै टेलिकमले जस्तोसुकै विषम परिस्थितिमा पनि कम्पनीले आफ्ना सेवासुविधाहरु सदा झैं जिम्मेवारीपूर्वक उपलब्ध गराइरहने प्रतिबद्धता समेत जनाएको छ ।

अनलाईन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये नेपाल टेलिकमले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी पाँचसय रुपैयाँमा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : २९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको