१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

ई–लर्निङबारे प्याब्सनले निराधार आक्षेप लगाएको भन्दै नेपाल टेलिकमको आपत्ति



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनद्वारा नेपाल टेलिकमलाई दोषारोपण गर्ने गरी ई–लर्निङबारे परिपत्र गरेको भन्दै टेलिकमले आपत्ति जनाएको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आइतबार विज्ञप्ति जारी गर्दै प्याब्सनले टेलिकमलाई बद्नाम गर्नेगरी ‘ई–लर्निङको प्याकेज सुविधा सम्बन्धमा’  जारी गरेको पत्र साउन १५ गते वेवसाईटमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

ई–लर्निङबारे प्याब्सनसँग सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाउँदै टेलिकमले आक्षेपयुक्त शब्दावलीप्रति असहमति जनाएको छ ।

प्रवक्ता जोशीले विज्ञप्तिमा भनेका छन्, ‘आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमति व्यक्त गर्दछ ।’

प्याब्सनसँग कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेजबारे विभिन्न चरणमा छलफल भएको टेलिकमले जनाएको छ । ई–शिक्षा प्याकेजसम्बन्धी विवरण प्याब्सनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको र अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको पनि टेलिकमले जनाएको छ ।

तर, छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको अवस्थामा प्याब्सनले दोषारोपणसहितको परिपत्र जारी गरेको भन्दै टेलिकमले असहमति जनाएको हो ।

ग्राहकवर्ग अनलाइन अध्ययनका लागि पहल गरी प्रतिबद्ध रहेका शैक्षिक संस्था तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै टेलिकमले जस्तोसुकै विषम परिस्थितिमा पनि कम्पनीले आफ्ना सेवासुविधाहरु सदा झैं जिम्मेवारीपूर्वक उपलब्ध गराइरहने प्रतिबद्धता समेत जनाएको छ ।

अनलाईन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये नेपाल टेलिकमले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी पाँचसय रुपैयाँमा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : २९ बजे

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा