३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन



काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । “बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो । अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन् । खास गरी पोष्टपेड र प्रिपेड मोबाइलको फोन गर्दा समस्या देखिएको थियो”, उनले भने ।

प्रवक्ता ढकालले के कारणले कति समय मोबाइल सेवा अवरुद्ध भएको थियो भन्नेबारे प्राविधिक प्रतिवेदन आइसकेपछि थप स्पष्ट हुने बताए । बिहान १०ः४५ को समयमा टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ०८ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया