२० आश्विन २०८३, मंगलबार | October 6, 2026

देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने जिम्मेवारी सरकार र आयोगको



ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी सरकारको भएको बताएकी छिन् ।

आयोगका पदाधिकारी तथा केही सांसदहरुसँग मन्त्रालयले गरेको छलफलमा बोल्दै मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिईन् ।

आइतबार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिईन् ।

मन्त्री अर्यालले जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसैअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउन निर्देशन दिएकी थिईन् ।

उनले समयमै आफ्नो काम सम्पन्न गर्ने गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताईन् ।

त्यस अवसरमा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते