१३ श्रावण २०८३, बुधबार | July 29, 2026

आजको मौसम : देशभर सामान्यदेखि पुर्ण बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

देशभर सामान्यदेखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु र अन्य प्रदेशका एक दुइ स्थानमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ३ बजे मापन गरिएको रेकर्ड अनुसार सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासका क्षेत्रमा भारी बर्षा भएको छ । मेलम्ची, ईन्द्रावती, बलेफिका केहि साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।

त्यसैगरी विहान ४ः३० बजे सिन्धुपाल्चोक बलेफी जलाधारमा भारी बर्षा मापन भएको छ । त्यहाँ ठूलो बाढी आएको छ भने जल सतहले सतर्कता बिन्दु नाघेको छ ।

जसअनुसार तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र वाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ०४ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन