१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अख्तियारका सुरक्षाकर्मीबाट पत्रकार माथि हमला, अख्तियार अप्रेशनको फोटो खिचेको क्यामरा खोस्ने प्रयास



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे र महासंघकी केन्द्रीय पार्षद पत्रकार भगवती पाण्डे माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेका छन् । सैनामैनामा अख्तिायारले गर्दै गरेको एक अप्रेशनको फोटो खिचिरहेका उनीहरुलाई सरक्षाकर्मीले दुब्र्यवहार गरेको उनीहरुले बताएका छन् । सार्वजानिक सडकमा अप्रेशन चलिरहेको अवस्थामा फोटो लिने खोज्दा अख्तियार बुटवलमा कार्यरत प्रहरी निरीक्षकले क्यामरा खोसेर केहिबेर नियन्त्रणमा राखेको पत्रकार भगवती पाण्डेले बताईन् । स्थानीयले बिरोध गरेपछि क्यामेरा फिर्ता गरेको उनले बताईन् ।

पत्रकार द्धयलाई गरिएको दुब्र्यवहारको बिरोध गर्दै बिभिन्न सञ्चार संस्था अवद्ध संघ संस्थाहरुले बिज्ञप्ति प्रकाशित गरेर बिरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि आज अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारको लुम्बिनी सामूदायिक टेलिभिजनले भर्त्र्सना गरेको छ ।

टेलिभिजनका अध्यक्ष एजाज आलमले सोमबार विज्ञप्ती जारीगरी टेलिभिजनका महासचिव दिनेश पाण्डे र समाचार प्रमुख भगवती पाण्डेमााथि भएको दुव्र्यवहारप्रति घोर भर्त्र्सना गरेका छन् ।

अध्यक्ष एजाज आलमद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खान तलासीको भिडियो तथा तस्वीर लिनेक्रममा राज्यको जिम्मेवार निकायका प्रहरीले पत्रकारहरुमाथि गरेको व्यवहार आपत्तिजनक भएको उल्लेख गरिएको छ ।
समाचारका लागि पत्रकारहरुले फोटा खिच्दा र भिडियो कैद गर्दा क्यामरा र मोवाइल खोस्ने कार्य स्वतन्त्र प्रेसमाथिको ठाडो हमाला भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनाको नेपाल प्रगतिशिल पत्रकार संघले पनि भत्र्सना गरेको छ । संघले स्तन्त्र पत्रकारीता माथि हस्तक्षप भन्दै दोषीलाई कारवाहि गर्न माग गरेको छ ।

घटना विवरणअनुसार सोमबार रुपन्देहीको सालझण्डीस्थित राजमार्गमासरकारी गाडी खानतलासी गरिरहेको अवस्थामा पत्रकारद्वयले भिडियो तथा तस्बीर लिइरहेको समयमा अख्तियारमा कार्यरत प्रहरी निरीक्षक रोशन पाण्डेले क्यामरा तथा मोबाइल खोसेर नियन्त्रणमा लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भिष्म कुमार भुषालसँग बुझ्न खोज्दा घटनाको बिस्तृत विवरण आईनसकेको र आफुले पनि बुझ्दै गरेको बताए ।

अख्तियारले सोही अप्रेशनबाट बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ११ : ०६ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र