२० भदौ २०८३, शनिबार | September 5, 2026

‘गाईजात्रे क्यासेट बेचेरै दुइटा घर बनाएँ’: हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य



काठमाडौं । आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको थियोे ।’

गाईजात्रा क्यासेट बेचेरै आचार्यले दुइटा घर बनाए, जुन कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । आफूले गाईजात्रे क्यासेटको बिक्रीबाटै काठमाडौंको घट्टेकुलोमा दुइटा घर बनाएको स्मरण गर्दै आचार्यले सुनाए, ‘२०३८ सालमा मदन दाइ र मैले गाईजात्राको अवसर पारेर एक घण्टाको क्यासेट ‘यमलोकको यात्रा’ बजारमा ल्यायौं । जसमा एकापट्टि आधा घण्टाको ‘यमलोकको यात्रा’ र अर्कोपट्टि आधा घण्टाको प्यारालाइसिस प्रहसन राखेका थियौं ।’

उनले भने, ‘त्यो क्यासेट त्यतिबेला डेढ लाखभन्दा बढी बिक्री भयो । एउटा क्यासेटबाट ९ रुपैयाँको रोयल्टीको हिसाबले हामीले १३ लाखभन्दा बढी पैसा त्यसै वर्ष पायौं ।’

हाम्रै गाईजात्रे क्यासेटको डुप्लिकेट बनाएर बेच्ने व्यक्तिले काठमाडौंमा दुईतले घर बनाए । यसरी क्यासेट निकालेको केही महिनामै लगातार पैसा आएपछि आचार्यले सोही वर्ष घट्टेकुलोमा घडेरी किनेर घर बनाएका रहेछन् । त्यस वर्ष उनको भागमा करिब ७ लाख रुपैयाँ परेको थियो । त्यसपछि उनले मदनकृष्णसँग मिलेर ‘अंशबन्डा’, ‘रद्दीको टोकरी’, ‘होस्टे हैंसे’, ‘कक फाइट’लगायत थुप्रै गाईजात्रे एल्बम निकालेको स्मरणे गरे । क्यासेट बिक्रीको पैसाले फेरि अर्को घर थपेका उनले २०४८ पछि भने गाईजात्रे क्यासेट निकाल्न छाडे ।

‘हामीले बजारमा ल्याएको क्यासेटलाई रातारात कपी गरेर नक्कली बनाई बिक्री गर्ने गिरोह फस्टायो । अनि हामीले क्यासेट निकाल्न छाड्यौं र टेली फिल्म बनाउन थाल्यौं,’ उनले भने, ‘त्यतिबेला हाम्रै गाईजात्रे क्यासेटको डुप्लिकेट बनाएर बेच्ने व्यक्तिले काठमाडौंमा दुईतले घर बनाएको कुरा उसकै मुखबाट सुन्न पायौं ।’

यसरी आफ्नो पसिनामा अरू मोटाएपछि गाईजात्रा क्यासेटले विश्राम पाएको आचार्यको भनाइ छ । ‘क्यासेट बन्द गरेपछि हामीले निकालेका ‘१५ गते’, ‘रात’, ‘वनपाले’ जस्ता थुप्रै टेलीशृंखलाको अडियोलाई गाईजात्रे क्यासेटका रूपमा बनाएर बेचेको पनि पायौं । त्यसपछि सिडी आयो, अनि बिस्तारै क्यासेटको बजार पनि सकियो,’ उनले भने ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यसपटक कोरोना संक्रमण (कोभिड–१९) का कारण गाईजात्राको अवसरमा देशव्यापी महयात्रा गर्न पाएनन् । सोही कारण यतिबेला गाईजात्रामा आफूलाई केही छुटिरहेको महसुस भएको आचार्यको भनाइ छ त्यसैले केही टेलिभिजनका कार्यक्रममा अतिथि कलाकार भएर अहिले गाईजात्रामा प्रस्तुति दिँदै चित्त बुझाउनुपरेको उनले बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ५० बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २