८ बैशाख २०८१, शनिबार | April 20, 2024

दिवा खाजाबाट वञ्चित बालबालिका र विद्यार्थीलाई खाद्य सामाग्री सहयोग



काठमाडौं । सरकारले संयुक्त राष्ट्र, विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा सुदूरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण क्षेत्रका बालबालिकालाई चामल, दाल र वनस्पति तेल वितरण गरेको छ ।

कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुलाई अमेरिकन सरकार प्राप्त करिव एकहजार ५०० मेक्ट्रिक टन ती खाद्य सामग्री वितरण गरिएको हो ।

विगतमा प्राप्त गर्ने गरेको विद्यालय पौष्टिक खानाबाट हाल ती बालबालिका वञ्चित रहेका जनाइएको छ । कोरोनाको जोखिम हुन नदिन विद्यालय बन्द हुँदा उनीहरु पौष्टिक खानाबाट वञ्चित रहेका थिए ।

विद्यालय वन्द हुँदा बालबालिकाको सिक्ने क्षमतालाई नभई पौष्टिक खाना र स्वास्थ्य सहयोगका योजनाको पहुँचलाई समेत असर पु¥याएको यहाँस्थित विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

कार्यक्रमद्वारा जारी विज्ञप्तिमा गत चैत महिनामा लकडाउन जारी भएपछि नेपालमा दुईलाख ५० हजारभन्दा बढी बालबालिका विगतमा विद्यालयमा प्राप्त हुने गरेका पौष्टिक खानाबाट विमुख रहेका जनाइएको छ ।

यी पौष्टिक खानामा धेरै बालबालिकाहरु भर पर्ने गरेका थिए । अमेरिकी सरकारबाट प्राप्त सहयोगले यस क्षेत्रका एक लाख ५० हजार संकटासन्न घरपरिवारलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

“हामी मध्येकै सवैभन्दा संकटासन्नलाई सहयोग र संरक्षण गर्न नेपालसँग हातेमालो गर्न पाउँदा अमेरिकी सरकार गर्वान्वित छ ।” नेपालका लागि अमेरिकी राजदुत -यान्डी बेरी भन्छन्, “सुदूर पश्चिम र कर्णाली प्रदेशका विद्यालय वालवालिकाहरुलाई रासन वितरण गर्न संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र नेपाल सरकारसँग हाम्रो साझेदारीले यस जटिल अवधिभर १ लाख ५० हजार घरपरिवारलाई सहयोग पु¥याउनेछ ।”

सन् २००५ देखि अमेरिकाको कृषि विभागअन्तर्गतको म्याकगभर्न डोल शिक्षाका लागि खाद्यान्न र वालपोषण कार्यक्रमले नेपालमा विश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रमलाई सहयोग गरिरहेको छ ।

८१ मिलियन अमेरिकी डलर भन्दा बढीको योगदानबाट अमेरिकी म्याकगभर्न डोलले दुई लाख ५० हजार भन्दा वढी बालबालिकाहरुलाई विश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रम मार्फत दैनिक पौष्टिक खानामा पहुँच पु-याउन सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व खाद्य कार्यक्रमका देशीय निर्देशक तथा प्रतिनिधि पिप्पा ब्रैडफोर्ड भन्छन्, “बन्दाबन्दीले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई घरैमा सन्तुलित र पौष्टिक खाना उपलव्ध गराउन धौ धौ पारेको छ । यी घरघरमा जाने रासनले बालबालिकाहरु घरैमा सिकाइ सुविधा प्राप्त गरुञ्जेल र विद्यालय नफर्कुञ्जेलका लागि अन्तरीम राहत प्रदान गर्नेछ । विशेषगरी, यस्तो अनिश्चित समयमा विद्यालय बालबालिका र नेपालका ग्रामीण परिवारलाई सहयोग गरेकोमा हाम्रो लामो समयदेखिको साझेदार अमेरिकी सरकारप्रति हामी आभारी छौं ।”

दीर्घकालिन र राष्ट्रिय स्तरबाट नै विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनका लागि विश्व खाद्य कार्यक्रमले अमेरिकी म्याकगभर्न डोल सहयोग प्राप्त गरिरहेका विद्यालयहरु सरकारलाई हस्तान्तरण गर्न शुरु गरेको छ ।

लगभग ९५ हजार बालबालिका राष्ट्रिय दिवा खाजा कार्यक्रम एकत्रित भैसकेका छन् । कार्यक्रमले अमेरिकी सहयोगमा विद्यालयहरुमा स्थानीय खाद्यान्नहरुको आपूर्ति सुनिश्चित गरी व्यापक बनाउन र सामुदायिक स्वामित्व विस्तार गर्नका लागि थप प्रयास गरेको विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम आपत्कालिन अवस्थामा जीवन वचाउने, द्वन्द्व, विपद् र जलवायु परिवर्तनको प्रभावबाट व्यक्तिहरुलाई पुनर्लाभ गरी समृद्धि निर्माण गर्ने र दिगो भविष्यलाई सहयोग पु-याउने मानवीय संस्था हो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : २४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु