२० माघ २०८२, मंगलबार | February 4, 2026

सिभिल मलको सामान अब ग्यापुबाटै खरिद गर्न सकिने



काठमाडौं । सिभिल मलका विभिन्न पसलहरूका सामान अब ग्यापु अनलाइनबाटै सपिङ गर्न सकिने भएको छ ।

ग्यापु र सिभिल मलबीच बुधबार भएको सम्झौता अनुसार मलका १५० भन्दा बढि पसलको भर्चुअल सपिङ ग्यापुबाट हुनेछ ।

सम्झौता अनुसार भर्चुअल सिभिल मल अब विशेष रूपमा GYAPU.COM मा मात्र उपलब्ध हुने जनाइएको छ। यसमा चारलाख भन्दा बढी SKU (भण्डारण इकाई) उपलब्ध हुनेछ।

ग्यापुमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोनपे, आइएमीपे, प्रभुपे, कनेक्ट आइपियस्, सेलपे लगायतका सबै प्रकारको नेपाल र विदेशबाट बैंक कार्डहरुबाट भुक्तानी गर्न सक्ने जनाइएको छ।

यो अनलाइन सपिङमा ६०% सम्मको विशेष छूटहरू पनि उपलब्ध हुने छ।

अनलाईनमा खरिद गरेको सामान सोहि दिन नि: शुल्करुपमा डेलिभरि गरिने छ। यो सम्झौता २ बर्षका लागि लागु हुने छ।

काठमाडौंका ग्राहकहरुलाई सर्वसुलभ तरिकाले दैनिक उपभोग्य सामानहरु घरदैलो मै पुगेर सुपथ मूल्यमा छिटो छरितो तरिकामा पुर्याउने उद्देश्यले ग्यापु अनलाइन सपिङले गत चैत्र २१ देखि आफ्नो सेवा आरम्भ गरेको हो ।

लकडाउनको अवधीमा ग्यापुबाट सामान खरिद गर्नेको संख्या उल्लेख्य बढेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : ०३ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको