४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिभिल मलको सामान अब ग्यापुबाटै खरिद गर्न सकिने



काठमाडौं । सिभिल मलका विभिन्न पसलहरूका सामान अब ग्यापु अनलाइनबाटै सपिङ गर्न सकिने भएको छ ।

ग्यापु र सिभिल मलबीच बुधबार भएको सम्झौता अनुसार मलका १५० भन्दा बढि पसलको भर्चुअल सपिङ ग्यापुबाट हुनेछ ।

सम्झौता अनुसार भर्चुअल सिभिल मल अब विशेष रूपमा GYAPU.COM मा मात्र उपलब्ध हुने जनाइएको छ। यसमा चारलाख भन्दा बढी SKU (भण्डारण इकाई) उपलब्ध हुनेछ।

ग्यापुमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोनपे, आइएमीपे, प्रभुपे, कनेक्ट आइपियस्, सेलपे लगायतका सबै प्रकारको नेपाल र विदेशबाट बैंक कार्डहरुबाट भुक्तानी गर्न सक्ने जनाइएको छ।

यो अनलाइन सपिङमा ६०% सम्मको विशेष छूटहरू पनि उपलब्ध हुने छ।

अनलाईनमा खरिद गरेको सामान सोहि दिन नि: शुल्करुपमा डेलिभरि गरिने छ। यो सम्झौता २ बर्षका लागि लागु हुने छ।

काठमाडौंका ग्राहकहरुलाई सर्वसुलभ तरिकाले दैनिक उपभोग्य सामानहरु घरदैलो मै पुगेर सुपथ मूल्यमा छिटो छरितो तरिकामा पुर्याउने उद्देश्यले ग्यापु अनलाइन सपिङले गत चैत्र २१ देखि आफ्नो सेवा आरम्भ गरेको हो ।

लकडाउनको अवधीमा ग्यापुबाट सामान खरिद गर्नेको संख्या उल्लेख्य बढेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको