२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

जसअनुसार हालको मौसम देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ः४५ बजे मापन गरिएको रेकर्ड अनुसार कालिकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलाली जिल्लाका केहि स्थानमा पछिल्लो ३ घण्टा मध्यमदेखि भारी वर्षा भएकाले त्यस क्षेत्र भएर बहने नदी र साना खोलाहरुमा बाढी आउन सक्ने सम्भावना रहेको छ भने भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी आज विहान २ः३० बजे मापन गरिएको रेकर्ड अनुसार लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले त्यस क्षेत्र भएर बहने नदी तथा साना खोलामा बाढी आउन सक्ने भएकाले भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

तसर्थ सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ६ : ५० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष