७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

जसअनुसार हालको मौसम देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ः४५ बजे मापन गरिएको रेकर्ड अनुसार कालिकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलाली जिल्लाका केहि स्थानमा पछिल्लो ३ घण्टा मध्यमदेखि भारी वर्षा भएकाले त्यस क्षेत्र भएर बहने नदी र साना खोलाहरुमा बाढी आउन सक्ने सम्भावना रहेको छ भने भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी आज विहान २ः३० बजे मापन गरिएको रेकर्ड अनुसार लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले त्यस क्षेत्र भएर बहने नदी तथा साना खोलामा बाढी आउन सक्ने भएकाले भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

तसर्थ सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ६ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई