१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना संक्रमण समुदायबाट समूह समूहमा फैलिन थाल्यो



काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूहसमूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो ।

पछिल्लो २४ घण्टायता थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘अन्तरजिल्लामा आवतजावत पूर्णतः बन्द गर्नुपर्छ । भारतबाट नेपाल आउन रोक लगाउनुपर्छ ।’

संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट नेपाल फर्किएका चिकित्सक तथा अनुसन्धानकर्ता डा. रमेश आचार्यले संक्रमण समुदायबाट समूह समूहमा फैलिन सुरु गरिसकेको बताए । उनले भने, ‘समुदायबाट समूह समूहमा संक्रमण फैलिसकेको छ । समयमा नियन्त्रण गर्न नसकिए स्थिति अझै भयावह भई गम्भीर क्षति बेहोर्नुपर्ने हुन सक्छ ।’

जनस्वास्थ्य विज्ञहरूले हेलचेक्र्याइँ गरिए स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण अझै समूह समूहमा फैलिनसकेको बताएको छ ।

काठमाडौंभित्र प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत १६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सिंहदरबारको ट्राफिक व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सरुवा रोग विशेषज्ञ डा. पुनले आत्मानुशासन नै कोरोनाबाट बच्ने उत्तम विकल्प रहेको बताए । उनले लकडाउन कोरोना नियन्त्रणको अन्तिम विकल्प नभएको भन्दै स्वयं व्यक्ति सजग रहनुपर्ने बताए ।

यसैबीच सरकारले लकडाउन हटाए पनि सीमानाका कडाइ गर्न नसकेको र हेलचेक्र्याइँ गरे स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् ।

यसैबीच सरकारले लकडाउन हटाए पनि सीमानाका कडाइ गर्न सकेको छैन । काठमाडौं उपत्यकामा दैनिक ६ हजार नागरिक भित्रिए पनि उनीहरूको आरटी-पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छैन । नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग, दूरी कायम लगायतमाहेलचेक्र्याइँ गर्दै आएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई/दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । योसँगै ६३ संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ ।

यस्तै, बुधबार १ सय ३० जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १५ हजार १ सय ५६ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण फैलिएसँगै सरकारले १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

मुख्यतः दीर्घ रोगीहरू, बालबालिका, विभिन्न रोगले प्रताडित भएकाहरू कोरोनाको जोखिममा रहेको चिकित्सकहरू बताउँछन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ७ : ०० बजे

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर