४ पुस २०८२, शुक्रबार | December 20, 2025

नरभक्षी चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु



तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार साँझ डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका कान्छा छोरा नारायण राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिँढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

साँझको बेला छोरालाई पिढीमा राखेर भित्र कपडा लिन जाँदा आक्रमण गरेको उनले बताए ।

स्थानीयले खोजी गर्दा करिव डेढ किलोमिटर जिपे बाँझोगरा भन्ने स्थानमा ती बाललको दाहिने हात र टाउको फेला परेको थियो ।

उनका अनुसार टाउको र हात भेटिएको छ । शरीरका अन्य भागको स्थानीयको सहयोगमा खोजी भइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको