१४ आश्विन २०८०, आइतबार | October 1, 2023

नरभक्षी चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु



तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार साँझ डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका कान्छा छोरा नारायण राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिँढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

साँझको बेला छोरालाई पिढीमा राखेर भित्र कपडा लिन जाँदा आक्रमण गरेको उनले बताए ।

स्थानीयले खोजी गर्दा करिव डेढ किलोमिटर जिपे बाँझोगरा भन्ने स्थानमा ती बाललको दाहिने हात र टाउको फेला परेको थियो ।

उनका अनुसार टाउको र हात भेटिएको छ । शरीरका अन्य भागको स्थानीयको सहयोगमा खोजी भइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ४६ बजे

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।

मूल्यवृद्धिको विरोधमा रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा रहेका दलहरुको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा