२० माघ २०८२, मंगलबार | February 3, 2026

कोरोना संक्रमितले अब सशस्त्र प्रहरी अस्पतालबाट पनि आइसीयू सेवा पाउने



काठमाडौं । कोरोना संक्रमणका कारण सिकिस्त भएका बिरामीले अब सशस्त्र प्रहरीको अस्पतालबाट पनि सेवा पाउने भएका छन् ।

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले कोभिड १९ को उपचारको लागि २० शैय्याको आइसीयू संचालनमा ल्याएको छ।

कोभिड–१९ उपचारका लागि नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आईसीयू भवन र मोलिकुलर ल्याबको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदघाटन गरेका छन्।

सशस्त्र प्रहरीले कोभिड–१९ को उपचारको लागि भन्दै २० शैय्याको आइसीयू भवन र मोलिकुलर ल्याब निर्माण गरेको जनाएको छ ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले नागरिकलाई महामारीको बेलाप्रदान गर्नुपर्ने सेवा र सुरक्षाका लागि अग्रपङ्तीमा रहन मातहतका निकाएलाई निर्देशन दिए । उनले महामारीका बेलाको सेवा अति नै महत्वपूर्ण हुने भन्दै स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा क्रियाशील रहन अस्पतालका चिकित्सकहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ यूनिफाइड अस्पताल निर्देशन समितिका अध्यक्ष डाक्टर रोशन पोख्रेलले कोभिड–१९ महामारीको बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले एपीएफ अस्पतालमा आइसीयू भवन र मोलिकुलर ल्याबको स्थापना भएको बताए।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ५६ बजे

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको