२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता, निर्वाचन साउन २३ गते हुने



काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२)  बमोजिम सभापतिका लागि आज चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय विहान ११ बजेबाट ४ बजेसम्म तोकिएको छ ।

विषयगत समिति अन्तर्गत विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट,प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाको उम्मेदवारी दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

सभापतिको निर्वाचन साउन २३ गते दिउँसो १ बजे निर्वाचन हुने भएको छ । सभापतिको निर्वाचनका लागि एकजना मात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा हुने छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : ०८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति