४ पुस २०८२, शुक्रबार | December 19, 2025

नियमित फोहर सङ्कलनमा समस्या



काठमाडौं । वर्षातको समय र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नभएका कारण काठमाडौं महानगरपालिकाका केही स्थानमा नियमित फोहर सङ्कलन हुन सकेको छैन ।

पर्यटकको मुख्य आकर्षकको केन्द्र मानिने ठमेल क्षेत्रका सडकमा फोहरका डङगुर छन् । कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर सङ्कलन गर्ने निजी कम्पनी कोरोनाको कारण सबै काममा नआएकाले फोहर व्यवस्थापनमा केही समस्या आएको हो ।

व्यवस्थापन हुन नसकेको केही स्थानका फोहर पनि केही दिनभित्र उठाइसक्ने पनि प्रमुख श्रेष्ठको भनाइ छ । हाल महानगर काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर ६० प्रतिशत निजी कम्पनीले र ४० प्रतिशत कामपाले व्यवस्थापन गर्दै आएको छ । उपत्यकाको १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलमा व्यवस्थपन हुँदै आएको छ ।

यसैबीच कामपाले वातावरण व्यवस्थापन विभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । गएको वर्ष (२०७६) जेठ ३१ गते एरोपोनिक प्रणालीबाट बाह्रै महिना फूल फुलाउन महानगर, नवील बैंक र एरोरुटहरुमाझ त्रिपक्षीय सम्झौता भएको थियो ।

प्रणाली जडान गर्न रु २० लाख ७९ हजार पहिलो वर्षको वार्षिक सम्भार खर्च रु आठ लाख ८४ हजार र दोस्रो वर्षको वार्षिक सम्भार खर्च रु १० लाख २८ हजार नवील बैंकले एरोरुटलाई उपलब्ध गराउने गरी भएको त्रिपक्षीय सम्झौता साउन २१ गतेदेखि आपसी सहमतिमा खारेज गरेका छौँ ।

प्रमुख श्रेष्ठका अनुसार प्रविधिमा आधारित भएकाले यसबाट हामी थप आशावादी थियौँ तर, प्रणालीबाट अपेक्षा गरिएको परिणाम प्राप्त भएन । त्यसैले सम्झौता भङ्ग गरेका हौँ । अब यी आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापन महानगर आफैँले गर्नेछ । सम्झौता बमोजिम नयाँ सडक गेट अगाडि पूर्वतर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरेर सधैंँ फूल फुलिरहने आइल्याण्ड बनाउनुपर्ने थियो ।

प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले दुई वर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा सम्भार गर्ने काम एरोरुटको थियो । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि हुने थियो ।

बिजुलीबाट चल्ने एरोपोनिक प्रणाली नेशनल एरोनटिक एण्ड स्पेस (नासा) ले आविष्कार गरेको हो । यस प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको फर्ममा जरासम्म पुर्‍याइन्छ । माटोमा हुर्कने बिरुवाले माटोमा भएको ठोस मल प्राप्त गर्छ । यस प्रणालीमा प्रविधिमार्फत बिरुवाका लागि आवश्यक खाद्यवस्तु जरासम्म पुर्‍याइन्छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ४२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा