४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनामा पल्केको काल; सिरहाका एक युवकको कोरोनाकै कारण धरानमा गयो ज्यान



सिरहा । कोरोना भाइरसको संक्रमणका कारण सिरहा जिल्लाका एक युवकको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगारपालिका वडा नं. १२ निवासी २१ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै उनको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले पुष्टि गरेको छ ।

ती युवक मृगौलाका रोगी रहेका थिए । बीपी प्रतिष्ठानमा पुगेर डायलासिस सेवा लिइरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको शव सिरहा ल्याएर व्यवस्थापन गर्ने तयारी भैरहेको छ । उनको सम्पर्कमा रहेका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिसकिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको