४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुन किन्न जाँदै हुनुहुन्छ ? ढल्नुहोला मुल्य सुनेर !; एक तोला सुनको मूल्य एक लाख ३ हजार ४०० रुपैयाँ



काठमाडौं । कोरोना भाइरसको हामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा शुक्रबार पनि अप्रत्याशित रूपमा बढेको छ ।

बिहीबार प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा मा कारोबार भएको सुनमा शुक्रबार एक हजार १०० ले वृद्धि भएको छ ।

बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । एक तोला चाँदीको मूल्य शुक्रबार एक हजार ४०५ निर्धारण भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१ दशमलव ५१ र सोही परिमाणको चाँदीको मूल्य २८ दशमलव ४९ अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको