२१ भदौ २०८३, आइतबार | September 6, 2026

दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आवाज र नेपाल युवा उद्यमी मञ्चलाई



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आवाज र नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले जितेको छ ।

७१ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले बुटवलमा सोमबार र मंगलबार आयोजना गरेको फुटसल प्रतियोगितामा दोश्रो दिन भएको मिडिया कपमा बुद्ध सामुदायिक टेलिभिजनलाई ३-२ गोल अन्तरले हराउँदै ग्लोबल आवाजले उपाधि जितेको हो ।

उपाधि जित्दै ग्लोबलले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै आज नै भएको कर्फोरेट कपको खेलमा नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले उपाधि जितेको छ । उपाधि जित्दै युवा उद्यमी मञ्चले ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको इन्जिनियर्स एशोसियसनले २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिता २ दिन सञ्चालन गरिएको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता २०८२ गरिएको हो ।

यस्तै मिडिया कप तर्फ उत्कृष्ट खेलाडीमा ग्लोबल आवाजका डिबी सुस्लिङ, सर्वाधिक गोलकर्तामा बुद्ध सामुदायिक टेलभिजनका स्वस्तिक श्रेष्ठ र उत्कृष्ट गोल रक्षकमा ग्लोबल आवाजका प्रकाश न्यौपाने बनेका छन ।

यस्तै कर्पोरेट कपमा सर्वाधिक गोलकर्तामा ईन्जिनियर्स एशोसियसनका क्रितेश श्रेष्ठ, उत्कृष्ट खेलाडीमा युवा उद्यमी मञ्चका मञ्जिल विक र उत्कृष्ट गोलरक्षकमा राहुल कौशधन भएका छन । प्रतियोगिताका उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरुलाई बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रमुख भूपेन्द्रबहादुर खत्री , ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तव लगायतले पुरस्कार प्रदान गरेको प्रतियोगिताका संयोजक सुमनरश्मी श्रेष्ठले जानकारी दिए ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार सुमन अधिकारीलाई प्रदान गरेको छ । जिल्लामा रहेर खेलकुद पत्रकारितामा योगदान गरेको भन्दै अधिकारीलाई नगद २५ हजारसहित सम्मान गरिएको महासंघका सचिब सिपी खनालले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : ५९ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी