२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

काठमाडौं उपत्यकाभित्र १५ दिन अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द; असन, महाबौद्ध र टेकु सिल गरिँदै



काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्दै गएपछि उपत्यकाका तीन जिल्लाको दैनिक गतिविधिमा थप कडाई हुनेभएको छ ।

उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आइतबारदेखि १५ दिन अत्यावश्यक सेवाबाहेक जिल्ला प्रशासनले प्रत्यायोजन गर्ने सेवा  १५ दिन स्थगित गर्ने निर्णय गरेको हो ।

शान्ति सुरक्षा र अत्यावश्यक सेवाबाहेकका अन्य सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

सीडीओ बैठकले उपपत्यकाभित्र जहाँ संक्रमण हुन्छ त्यहाँ तत्कालै सिल गरेर मानवीय गतिविधि ठप्प पार्ने निर्णय गरेको छ । जसअनुसार अहिले सबैभन्दा धेरै संक्रमण देखिएको असन, महावौद्ध र टेकु क्षेत्र सिल हुनेभएको छ ।

उपत्यकाका सपिङ मल एवं व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको हेर्ने, नभएको पाइएमा तत्कालै बन्द गराउने समेत निर्णय भएको छ ।

बैठकले काठमाडौं प्रवेशलाई पनि थप कडा बनाउने निर्णय भएको छ ।

भाइरसका संक्रमित बढेसँगै अस्पतालहरुमा बेडको अभाव देखिन थालेका कारण उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गरिएको छ । यो प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय समेत भएको छ ।

आम मानिसलाई जथाभावी नहिँड्नका लागि आग्रह गर्ने, घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, आग्रह अटेर गर्नेलाई तत्कालै कारवाही गर्ने निर्णय पनि तीन सीडीओले गरेका छन् ।

अत्यावश्यक बाहकेका अन्य सेवा रोक्न पनि तीनै जिल्लाका सीडीओबीच सहमति भएको छ । सरकारी कार्यालयहरु पनि आंशिक रुपमा मात्र खुल्नेछन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ०९ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब