४ पुस २०८२, शुक्रबार | December 20, 2025

चाडपर्व मनाउन सरकारले जारी गर्‍यो मापदण्ड



काठमाण्डौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोराना भाइरस कोभिड-१९ का कारण नेपालमा भित्रिरहेको चाडपर्वलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-०७७ जारी गरेको छ ।

नेपालीहरुले मनाउने तिज, दशैं, तिहार लगायत ठूला चाडपर्वहरु आउन थालेसंगै सरकारले उक्त मापदण्ड जारी गरेको हो । मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने कुरालाई प्राथमिकता दिएको छ । भेटघाट गर्नैपर्ने भए कम्तीमा २ मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्तै चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने यदि जानैपर्ने भएका सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य गर्न मापदण्डमा भनिएको छ ।

यस्तै धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरु नछुन मापदण्डमा उल्लेख छ ।

यस्तो छ मापदण्ड

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/08/Guidelines-feast-and-festivals-Final-Endorsed-6-Aug-2020.pdf”]

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको