२५ असार २०८३, बिहिबार | July 9, 2026

आज बाला चतुर्दशी, कोरोनाको सन्त्रासले तीर्थस्थल सुनसान



काठमाडौं । आज बालाचतुर्दशी, हिन्दु धर्मवलम्बीले धुमधामले मनाउने यो दिन पशुपतिनाथ मन्दिर लगायत देशभरका मन्दिरमा सतबीज (सतबीउ) छरिँदैछ ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान (आज) सतबीज छरी यो पर्व मनाइन्छ । सतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक विश्वास रहिआएको छ । आफ्ना पितृहरुको उद्धार हुने विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

मार्गकृष्ण त्रयोदशीको साँझ पशुपतिनाथ लगायत देशका अन्य क्षेत्रमा रहेका शिवालयमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै सतबीज रोप्ने प्रचलन छ । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।

पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान सतबीज भने छर्न सकिने कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष कोरोना महामारीको सन्त्रासका कारण यी ठाउँ सुनसान रहे ।

बाला चतुर्दशीमा लाखौं भक्तजन पशुपतिमा आउने गरेकाले संक्रमणको जोखिमका कारण यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले बताए ।

पशुपति, देवघाट लगायतका ठूला तीर्थाटनहरूमा मेला नलाग्‍ने भएपछि श्रद्धालुहरूले नजिकैको शिवालयमा दीपदान गरेका छन् । बोलीचालीको भाषामा सद्‍बीउ छर्ने भनिने सतबीज छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक विश्वास रहि आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : ११ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको