४ पुस २०८२, शुक्रबार | December 19, 2025

ज्यान मार्ने उद्योगमा अदालतले फैसला गरे लगत्तै फरार रोमन प्रहरी नियन्त्रणमा



नेपालगन्ज । ज्यान मार्ने उद्योग अन्तर्गत अदालतबाट कैद सजाय सुनाईए पछि फरार रहेका एकजनालाई बाँके प्रहरीलेले पक्राउ गरेको छ ।

२०७२ सालमा भएको फैसला पछि लगातार फरार रहेका बाँकेको डुडुवा गाँउपालिका ५ दलैपुरका २२ वर्षिय रोमन क्षेत्रीलाई पक्राउ गरीएको जिप्रका बाँकेका प्रवक्ता तथा प्रहरी नायक उपरिक्षक सुवास खड्काले जानकारी दिएका छन् ।

२०७२ साल भदौ ५ गते जिल्ला अदालत बाँकेले ५ बर्षको कैद सजाए सुनाए लगत्तै क्षेत्री फरार भएका थिए । सोही घटनामा संलग्न डुडुवा गाँउपालिका ५ दलैपुरका त्रानु बोहोरा र भिम बहादुर विकलाई भने प्रहरीले फैसला भएलगत्तै पक्राउ गरेको थियो । घटनामा संलग्न रोमन क्षेत्री, ललित क्षेत्री र देब बहादुर बुढा क्षेत्री फरार भएका थिए । जसमध्ये प्रहरीले रोमन क्षेत्रीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा बुझाएको छ भने ललित क्षेत्री र देब बहादुर बुढा क्षेत्री अझै फरार छन् । बोहोरा र विकले आफ्नो सजाय पुरा गरी रिहा भईसकेका छन् ।

बाँके प्रहरीले बिभिन्न मितिमा सजाँयको फस्ला भई फरार रहेका ब्यक्तिहरुको खोजि अभियानलाई तिब्र बनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको