१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खरिद बिक्रि खाता प्रमाणिकरणको म्याद पुस मसान्त सम्म थपियो



काठमाडौं। आन्तरिक राजश्व बिभागले व्यवसायीहरुको खरिद बिक्रि खाता प्रमाणिकरणको म्याद थप गरेको छ । कोघिड १९ का कारण सजिलै राजश्व कार्यालय पुग्न असहज अवस्था रहेको र छोटो समयावधीका कारण अत्याधिक भिड भएको भन्दै व्यवसायीको आग्रहपछि बिभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपेको हो। आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद थप गरेको छ ।

खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै तोक्दा राजस्व कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको थियो भने कतिपय जिल्लाहरुमा निषेधाज्ञा, बन्दाबन्दी जस्ता घोषणाले ब्यवसायीहरुलाई कार्यालय सम्म पुग्न समेत असहज अवस्था रहेको थियो ।

खरिद बिक्री खाता प्रमाणिकरणको लागि व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरेपनि विभागले पुससम्म म्याद थप गरेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६(३०)बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।

यसअघि विभागले  मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कार्तिक महिना भित्र खाता प्रमाणित गराउनु पर्ने गरी परिपत्र गरेको थियो।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा