२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मुलुकको अर्थतन्त्र चालु वर्षमा ४ खर्बले बढ्यो, पुग्यो ६१ खर्ब



काठमाडौं। केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको जनाएको छ ।

मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । राजस्व यो वर्ष १ खर्ब ८ अर्बले र पुँजीगत खर्च ३६ अर्बले बढेको पनि मन्त्रालयले सार्वजनिक गरेको सुचीमा उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयले बिहीबार अर्थतन्त्रसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुगेकोसमेत दाबी गरिएको छ । अर्थ मन्त्रालयले सार्बजनिक गरेको अधिकांश सूचकहरुमा सुधार आएकोसमेत जनाएको हो ।

जसअनुसार यातायात, निर्माण, स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक उत्पादन, विद्युत तथा ग्याँस, व्यापार, बैंक तथा बिमा, उद्योग, खानी, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, वैज्ञानिक सेवा, आवास तथा भोजनलगायतका क्षेत्र सकारात्मक बनेको मन्त्रालयको भनाइ छ ।

यसैगरी, रेमिट्यान्समा १५.५ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ । आयात पनि चालु आर्थिक वर्ष १३.१ प्रतिशतले बढेको उल्लेख गर्दै मन्त्रालयले निजी क्षेत्रमा प्रवाहीत कर्जा ८.७ प्रतिशतले बढेको जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ३ : १४ बजे

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो