२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी



बागलुङ । बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ ।

प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।

बुधबार मात्रै उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको छ । उनी धौलागिरि अस्पतालमा भर्ना गरी उपचाररत छन् ।

यस्तै साउन १० गते बागलुङ नगरपालिका–२ का एक र साउन १२ गते पर्वत जिल्लाको फलेवास नगरपालिका–३ का एक जनालाई स्क्रब टाइफस देखिएको थियो । दुवै जना अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्कनुभएको अस्पतालले जनाएको छ । बागलुङमा गत वर्ष सात जनामा स्क्रब टाइफसका बिरामी फेला परेका थिए ।

स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ ।

रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ । केही वर्षअगाडि सम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा मात्रै देखिँदै आएकामा पछिल्लो समय शहरी इलाकामा पनि देखिँदै आएको छ ।

नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

स्क्रब टाइफस भएका मानिसमा उच्च ज्वरो आउने र कामज्वरोसमेत आउन सक्दछ । टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिमिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन् ।

रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ । यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ३ : ४१ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात