७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले साउन २३ गते शुक्रबार अलग अलग स्थानमा तीन जनाको मृत्यु भएको बताएका हुन् ।

जसमध्ये, काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ निवासी ४१ वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ। उनको शुक्रबार बिहान ११ः३०मा मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

यसैगरी मोरङको विरानटगर महानगरपालिका वडा नं. ९ निवासी ५८ वर्षीय एक पुरुषको शुक्रबा बिहान सवा ९ बजे मृत्यु भएको छ । ती पुरुष उच्च रक्तचाप र निमोनियाका बिरामी रहेका ती पुरुषलाई स्वावप्रश्वासमा समस्या भएपछि सप्तकोशी अस्पतालबाट कोशी अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका छपकैया निवासी ७६ वर्षीय पुरुषको शुक्रबारै दिउँसो साढे १ बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह र दमका रोगी थिए ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ४ : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई