२१ आश्विन २०८३, बुधबार | October 7, 2026

बाग्मती प्रदेशलाई चीनको तिब्बत स्वायत्त प्रदेश सरकारबाट स्वास्थ्य सामग्री सहयोग



रसुवा । वाग्मती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

रसुवा जिल्लाको रसुवागढीमा शनिबार अयोजित कार्यक्रममा वाग्मती प्रदेशका उपसचिव डा. अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तिब्बतको तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेशनल को–अपरेशन एण्ड एक्सचेन्ज अफ एफएओ लि हुवान र सोही विभागका पेमा युजेनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ती सामग्रीमा भेन्टिलेटर १६, कन्सेन्ट्रेटर १५, सिरिन्ज पम्प १०, इन्फ्युजन पम्प १०, इलेक्ट्रो कार्डियोग्राफ तीन, मोनिटर प्यासेन्ट ६०, कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १०, एनेस्थेटिक लारिङगोस्कोप १०थान रहेका छन् ।

यसैगरी, अक्सिजन रिजर्बभोयर ब्याग ५०, ब्लड ग्यास एनलाइजर १०, डेफिग्रिलेटर मोबाइल १०, अक्सिमिटर, पल्स २०, आइसीयू बेड ५०, पिपिइ एक हजार, एन–९५ मास्क दुई हजार, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स दुई हजार , डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार , मेडिकल आइसोलेन बुट, सुकभर दुई हजार थान रहेका छन् ।

प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालमा आवश्यकताअनुसार पठाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तिब्बत भ्रमणका क्रममा वाग्मती प्रदेश सरकार र तिब्बत सरकार बीच भगिनी सम्बन्ध स्थापित गर्ने तथा सहयोगको आदानप्रदान गर्ने सम्बन्धमा छलफल भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ५९ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द