१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बाग्मती प्रदेशलाई चीनको तिब्बत स्वायत्त प्रदेश सरकारबाट स्वास्थ्य सामग्री सहयोग



रसुवा । वाग्मती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

रसुवा जिल्लाको रसुवागढीमा शनिबार अयोजित कार्यक्रममा वाग्मती प्रदेशका उपसचिव डा. अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तिब्बतको तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेशनल को–अपरेशन एण्ड एक्सचेन्ज अफ एफएओ लि हुवान र सोही विभागका पेमा युजेनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ती सामग्रीमा भेन्टिलेटर १६, कन्सेन्ट्रेटर १५, सिरिन्ज पम्प १०, इन्फ्युजन पम्प १०, इलेक्ट्रो कार्डियोग्राफ तीन, मोनिटर प्यासेन्ट ६०, कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १०, एनेस्थेटिक लारिङगोस्कोप १०थान रहेका छन् ।

यसैगरी, अक्सिजन रिजर्बभोयर ब्याग ५०, ब्लड ग्यास एनलाइजर १०, डेफिग्रिलेटर मोबाइल १०, अक्सिमिटर, पल्स २०, आइसीयू बेड ५०, पिपिइ एक हजार, एन–९५ मास्क दुई हजार, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स दुई हजार , डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार , मेडिकल आइसोलेन बुट, सुकभर दुई हजार थान रहेका छन् ।

प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालमा आवश्यकताअनुसार पठाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तिब्बत भ्रमणका क्रममा वाग्मती प्रदेश सरकार र तिब्बत सरकार बीच भगिनी सम्बन्ध स्थापित गर्ने तथा सहयोगको आदानप्रदान गर्ने सम्बन्धमा छलफल भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ५९ बजे

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको