४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा समुदायका २३४ जनाको कोरोना परीक्षण हुँदा ३ जनामा संक्रमण पुष्टि, २३१ जनाको रिपोर्ट नेगेटिभ



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा समुदाय स्तरमा गरिएको परक्षिणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समुदाय स्तरबाट संकलन गरिएको २३४ जनाको स्वावको नमुना परिक्षण गरिएकोमा ३ जनामा बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिएका छन् ।

प्रदेश सरकारले समुदाय स्तरमा कोरोना परीक्षण गर्ने निर्णय गरेसँगै प्रादेशिक अस्पतालले बिभिन्न पेशा ब्यवसाय र संस्थामा आवद्ध नागरिकहरुको स्वाव संकलन गरेर परीक्षण गरेको थियो ।

आज संक्रमण पुष्टि भएको संक्रमितहरु मध्य अस्पतालका कर्मचारी देवदहका बस्दै आएका थिए भने अर्का अस्पतालका कर्मचारीका श्रीमान बुटवल कालिकानगर तथा सामाजिक कार्यकर्ता बुटवल १३ का स्थायी बासिन्दा रहेको अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए।

अध्यक्ष भट्टराइृका अनुसार संक्रमण पुष्टि भएकोमा १ जना अस्पतालकै कर्मचारी, १ जना अर्का कर्मचारीका श्रीमान र १ जना सामाजिक कार्यकर्ता रहेका छन् । समुदाय स्तरमा कोरोनाको अवस्था आँकलन गर्न भन्दै एकै पटक २३४ जनाको स्वाव संकलन गरिएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको