१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बुटवलमा समुदायका २३४ जनाको कोरोना परीक्षण हुँदा ३ जनामा संक्रमण पुष्टि, २३१ जनाको रिपोर्ट नेगेटिभ



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा समुदाय स्तरमा गरिएको परक्षिणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समुदाय स्तरबाट संकलन गरिएको २३४ जनाको स्वावको नमुना परिक्षण गरिएकोमा ३ जनामा बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिएका छन् ।

प्रदेश सरकारले समुदाय स्तरमा कोरोना परीक्षण गर्ने निर्णय गरेसँगै प्रादेशिक अस्पतालले बिभिन्न पेशा ब्यवसाय र संस्थामा आवद्ध नागरिकहरुको स्वाव संकलन गरेर परीक्षण गरेको थियो ।

आज संक्रमण पुष्टि भएको संक्रमितहरु मध्य अस्पतालका कर्मचारी देवदहका बस्दै आएका थिए भने अर्का अस्पतालका कर्मचारीका श्रीमान बुटवल कालिकानगर तथा सामाजिक कार्यकर्ता बुटवल १३ का स्थायी बासिन्दा रहेको अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए।

अध्यक्ष भट्टराइृका अनुसार संक्रमण पुष्टि भएकोमा १ जना अस्पतालकै कर्मचारी, १ जना अर्का कर्मचारीका श्रीमान र १ जना सामाजिक कार्यकर्ता रहेका छन् । समुदाय स्तरमा कोरोनाको अवस्था आँकलन गर्न भन्दै एकै पटक २३४ जनाको स्वाव संकलन गरिएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ३३ बजे

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले