४ आश्विन २०८०, बिहिबार | September 21, 2023

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपालको नजिक दक्षिण तर्फ रहेको छ ।

जसअनुसार हाल देशका अधिकांश भू–भागको मौसममा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ । यसकासाथै सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ५ः३० बजे रेकर्ड गरिएको तथ्यांक अनुसार कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाका धेरैजसो स्थानमा गएरातीदेखि अतिभारी बर्षा भएको छ ।

टिकापुर र आसपासका क्षेत्रमा डुवानको उच्च जोखिम रहेको छ । कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली र चौधर नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण वदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश नं २ र बागमती प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ०२ बजे

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र