१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोरोना संक्रमण पुष्टिमा वीरगन्जको अग्रता कायम, प्रहरी र भारतीय दुतावासका कर्मचारी सहित ७५ संक्रमित थपिए



वीरगन्ज । १५ जना महिला र ६० जना पुरुषको संक्रमण पुष्टि गर्दै पर्साले आज पनि देशका अन्य जिल्लाहरुलाई उछिनेको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा १५ जना महिला र ६० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा ९ जना प्रहरी रहेका छन् । एकै दिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्सामा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका नागरिक भएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमित मध्य ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण भएका छन् । ७५ जना मध्य ११ जना शुल्क तिरेर कोरोना परीक्षण गर्न आएका थिए भने २९ जना संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । अस्पतालका अनुसार वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

शनिबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरी, २ जना बारुणयन्त्रका कर्मचारी रहेका छन् । साउनमा मात्र पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : ५१ बजे

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले