१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी



जुम्ला । कोरोना भाइरसका संक्रमितहरु निरन्तर बढ्दै गएपछि जुम्लाको सदरमुकाममा निषेधाज्ञा लगाइएएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लालाले आइतबार दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि सदरमुकाम रहेको चन्दननाथ नगरपालिका र तिला गाउँपालिकाको केही क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षण प्रतिवेदन अनुसार चन्दननाथ नगरपालिका तथा तिला गाउँपालिकाका वासिन्दामा कोरोना भाइरसको संक्रमण देखिएकोले निषेधाज्ञा लगाउनुपरेको प्रशासनले जिकिर गरेको छ ।

कोरोना संक्रमण समुदायस्तरसम्म फैलिनसक्ने भएका कारण चन्दननाथ नगरपालिकाको पूर्वमा दानासाँघु, पश्चिममा उमागढ, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय तथा दक्षिणमा तिला नदीमम्म निषेधाज्ञा लगाइएको छ ।

यसैगरी तिला गाउँपालिकाको वडा नं. ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्ला क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञा लगाइएको क्षेत्रमा औषधी पसल र स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण क्रियाकलापमहरु पूर्ण रुपमा बन्द गर्न आदेश दिइएको छ ।

संक्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : २२ बजे

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५