२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

मुसाको कारण उदयपुर आसपासका जिल्लामा रातभर अन्धकार



गाईघाट । विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ पूर्वका केहि जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत आपुर्तिमा समस्या भएका हो ।

सव सवस्टेसनको ईनकमर मुसा पसेर विद्युत सट हुदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत प्राधिकरण उदयपुरले जनाएको छ । प्राधिकरण उदयपुरका इन्जिनियर संन्जिव कर्णका अनुसार मुसाको कारण विद्युत अवरुद्ध भएको बताए । ‘शनिबार सावा सात बजेको समयमा गाईघाट फिडर मुसा पसेर विद्युत सट गराउदाँ चार जिल्ला मा विद्युत अवरुद्ध भएको छ ।’ उनले भने

सवस्टेसनमा विद्युत सट भई आगो लागेर बिद्युत आपुर्ती रोकिए पछि प्राधिकारणका प्राविधिकहरुले राती साढे बाह्र बजे तिर उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत सप्लाई गरेर विद्युत आपूर्ती गरेका थिए ।

जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले केहि जिल्लाहरुमा विद्युत अवरुद्ध हुने जनाईएको छ । मर्मत पुरा नहुन्जेल खोटाङ तर्फ गएको ३३ केभिए लाईन अन्तर्गत केही समय उदयपुर, खोटाङ, ओखलढुङ्गा लगायतका जिल्लामा बिद्युत अबरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : ४८ बजे

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु