२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

मुसाको कारण उदयपुर आसपासका जिल्लामा रातभर अन्धकार



गाईघाट । विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ पूर्वका केहि जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत आपुर्तिमा समस्या भएका हो ।

सव सवस्टेसनको ईनकमर मुसा पसेर विद्युत सट हुदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत प्राधिकरण उदयपुरले जनाएको छ । प्राधिकरण उदयपुरका इन्जिनियर संन्जिव कर्णका अनुसार मुसाको कारण विद्युत अवरुद्ध भएको बताए । ‘शनिबार सावा सात बजेको समयमा गाईघाट फिडर मुसा पसेर विद्युत सट गराउदाँ चार जिल्ला मा विद्युत अवरुद्ध भएको छ ।’ उनले भने

सवस्टेसनमा विद्युत सट भई आगो लागेर बिद्युत आपुर्ती रोकिए पछि प्राधिकारणका प्राविधिकहरुले राती साढे बाह्र बजे तिर उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत सप्लाई गरेर विद्युत आपूर्ती गरेका थिए ।

जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले केहि जिल्लाहरुमा विद्युत अवरुद्ध हुने जनाईएको छ । मर्मत पुरा नहुन्जेल खोटाङ तर्फ गएको ३३ केभिए लाईन अन्तर्गत केही समय उदयपुर, खोटाङ, ओखलढुङ्गा लगायतका जिल्लामा बिद्युत अबरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : ४८ बजे

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर