३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा अव ११ बजेबाट ७ बजेसम्म मात्र पसल खोल्न पाईने, बेलहिया बाहेकका सबै नाका सिल



बुटवल । कोरोना संक्रमितहरुको संख्या देशैभरी बढ्दै गएपछि रुपन्देही प्रशासनले सर्टडाउनको मोडेल अगाडी सारेको छ । जिल्लामा संक्रमण फैलिन नदिन रुपन्देहीमा स्थानीय प्रशासनले सिमानाकामा कडाई गर्नुका साथै ब्यापार ब्यवसायलाई पनि समय सिमा निर्धारण गरेको छ ।

लकडाउनको अन्त्यसँगै पुरा समय ब्यापार व्यवसाय खुल्ला गरिएको रुपन्देहीमा बिहान ११ बजेदेखि साँझ ७ बजे सम्म मात्र व्यवसाय तथा पसलहरु सञ्चालन गर्न दिने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले पूर्व भएका निर्णयहरुको समीक्षा गर्दै रुपन्देही जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्लाका विभिन्न पालिकामा संक्रमण पुष्टि भएको पाईएको भन्दै प्रत्येक पालिकामा एक क्वारेन्टाइन व्यवस्था गर्न समेत स्थानीय तहलाई आग्रह गरेको छ ।

बैठकले साप्ताहिक रुपमा लाग्ने हाटबजार सञ्चालन प्रतिबन्ध लगाउनुका साथै नेपाल भारत सिमाको बेलहिया नाका बाहेक अन्य नाकाबाट हुने आवत जावतलाई पूर्णरुपमा बन्द गर्ने समेत निर्णय गरेको छ ।

बढी भिडभाड हुने भेला सम्मेलन, भोजभतेर तथा सार्वजानिक कार्यक्रमहरु गर्न नपाईने गरि निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ११ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका